Rule 17
ऋण उपलब्ध गराउन सकिने

(१) नेपाल सरकारले यस नियमावली बमोजिम जग्गा प्राप्त नगरेका “क” र “ख” वर्गका मुक्त कमैयालाई बसोवासको निमित्त दुई कठ्ठासम्म जग्गा खरिद गर्न एक पटकको लागि ऋण उपलब्ध गराउन सक्नेछ ।

(२) नेपाल सरकारले “ग” र “घ” वर्गका मुक्त कमैयालाई कुनै व्यवसाय सञ्चालन गर्न ऋण उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्न सक्नेछ ।

(३) नेपाल सरकारले आय आर्जन हुने कुनै व्यवसाय गर्न चाहने मुक्त कमैया वा समूहलाई व्यक्तिगत वा सामूहिक रुपमा ऋण उपलब्ध गराउन सक्नेछ ।

(४) नेपाल सरकारले वैदेशिक रोेजगारमा जान चाहने मुक्त कमैयालाई हवाई टिकट खरिद गर्नको लागि ऋण उपलब्ध गराउन सक्नेछ ।

(५) उपनियम (४) र (५) बमोजिमको ऋण कोषमा जम्मा भएको रकमबाट उपलब्ध गराइनेछ ।

(६) यस नियम बमोजिम उपलब्ध गराइने ऋणको वार्षिक व्याज दर तीन प्रतिशत भन्दा बढी हुने छैन ।